
नवलपुर । गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं नेपाली विषय नगर स्तरीय समितिको संयोजनमा आधारभूत तह ९कक्षा १ देखि ५० मा नेपाली विषय अध्यापनरत शिक्षकहरुको लागि दुई दिने क्षमता विकास तालिम मंगलबार लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीमा सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले दुई दिनसम्म सिकेका अभ्यास तथा शिक्षण विधिलाई आफ्नो विद्यालयको कक्षा कोठा मा प्रयोग भएमा मात्र तालिम सफल हुने कुरा बताउनुभयो । लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कण्डेल को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम नगर स्तरीय नेपाली विषय समिति सदस्य रञ्जिता आचार्यले सञ्चालन गर्नुभएको थियो ।
फागुन १ र २ गते संचालित सो तालिममा आधारभूत तहका विद्यार्थीहरुमा नेपाली विषयमा पठन सीप कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा गैंडाकोट नगर भित्रका ३५ जना शिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो । नगर स्तरीय नेपाली विषय समितिका संयोजक तिलक बहादुर बटाला, बागमती प्रदेश स्तरीय नेपाली विषय प्रशिक्षक एवं बालकुमारी कन्या माध्यमिक विद्यालयमा प्रधानाध्यापक हेरम्ब कुमार श्रेष्ठ , देवचुली माध्यमिक विद्यालयका नेपाली शिक्षक शकुन्तला लम्सालले सहजीकरण गर्नुभएको थियो ।