काँग्रेस क्षेत्रीय समितिले कावासोतीमा गरेको स्वास्थ्य शिविरमा पाँचसय बढी लाभान्वीत
रमेश न्याैपाने
कावासाेती। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नवलपुरको कावासोतीमा भएको स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन् ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति नवलपुरले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा पाँचसय पचास जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले जानकारी दिनुभयो ।
कावासोती नगरपालिका वडा नं. १२ मा रहेको सन्तुदेवी आधारभूत विद्यालयमा भएको स्वास्थ्य शिविरमा लाभ लिनका लागि विहानैदेखि स्थानीयहरु लामब...


