
गैँडाकोट । गण्डकी प्रदेश सरकारले भोली फागुन ४ गते बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको हो ।
२०७८ चैत १८ गतेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिन लागिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको विदा प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।
सो दिन प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने मन्त्रालयका सूचना अधिकारी खुबी राम पोख्रेलले जानकारी दिनुभयो ।