टोकियो । नेपालको विभिन्न ठाँउमा जन्मघर भई जापानलाई कर्मथलो बनाएका नेपालीहरुको साझा संस्था जनकल्याणकारी संस्था जापानको अध्यक्षमा ऋषिराम सापकोटा चयन भएका छन् । अध्यक्षमा चयन भएका सापकाेटा नवलपुरकाे गैँडाकाेट नगरपालिका वडा नं‍ ८ विजयनगरका स्थायी वासिन्दा हुन् । मंगलवार जापानको साइतामा प्रान्तमा सम्पन्न संस्थाको चौंथो अधिवेशनले सापकोटाको अध्यक्षतामा आगामी दुई बर्षको निम्ती नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कृष्ण प्रसाद खराल मेघनाथ खराल (मुकुन्द) र प्रिन्सेस खरेल, सचिवमा तेजप्रसाद खरेल, सहसचिवमा कमल लामिछाने (प्रकाश) , कोषाध्यक्षमा केशव सापकोटा, सहकोषाध्यक्षमा शोभा घिमिरे, प्रवक्तामा ध्रुव कँडेल चयन भएका छन् ।

अक्षयकोष संयोजकमा टंक लामिछाने निर्वाचित भएका छन् भने अन्य सदस्यहरुमा कमल सापकोटा , रमा सापकोटा, ऋषिराम घिमिरे, रवि खरेल, यज्ञमुर्ति खरेल, कृष्ण घिमिरे, सञ्जु सापकोटा, भक्त बहादुर घर्ति , आनन्द सुवेदी, पूर्ण बहादुर जिसी, बिष्णु सापकोटा, घनश्याम कँडेल (नविन) , कृष्ण खरेल, प्रकाश घिमिरेलगायत रहेका छन् । कुल २७ सदस्यीय कार्यसमितिमा २१ जना निर्वाचित रहने व्यवस्था रहेको छ भने बाँकी ६ जनालाई नयाँ कार्यसमितिको पूर्ण बैठकले मनोनित गर्नेछ ।संस्थाको अधिवेशनबाट गुल्मी जिल्ला प्रतिनिधि नारायण घिमिरे र नवलपुर जिल्ला प्रतिनिधिमा छविलाल घिमिरेलाई चयन गरेको छ।

संस्थाका निवर्तमान सभापति घनश्याम कँडेल (अर्जुन)  को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए एसिया प्यासेफिक संयोजक डि.पी कंडेल, एशिया प्यासेफिक उपसंयोजक दीपक कँडेल , संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक टिकाराम खरेल, पूर्व अध्यक्ष एवं संरक्षक हरीप्रसाद खराल, वामी सेवा समितिका अध्यक्ष कृष्ण शर्मा सापकोटा, अर्लाङ्गकोट सेवासमाजका अध्यक्ष गोपाल सापकोटा लगायतले उपस्थिती जनाउँदै नयाँकार्यसमितिलाई बधाईसहित शुभकामना दिएका थिए ।

अधिवेशनमा संस्थाका सचिव तेज प्रसाद खरेलले संस्थाको बार्षिक प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष मेघनाथ खराल (मुकुन्द) ले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।नेपाल र नेपालीहरुको कल्याण गर्ने उद्देश्यसहित सन् २०१२ मा स्थापना भएको उक्त संस्थामा जापानलाई कर्मथलो बनाएका १०२ जना सदस्यहरु आवद्ध रहेका छन् ।

संस्थाले स्थापनाकालदेखि नै नेपालमा दैवीप्रकोप, बिरामी भई उपचार गराउन नसकेका, दिर्घकालीन रोगका कारण उपचार गराई रहेकाहरुलाई थप उपचारगराउनका लागि आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै दुर्घटना वा भवितव्यमा परि ज्यान गुमाएकाहरुको बाल बच्चाका शिक्षाका लागि अक्षयकोष स्थापना, जापान लगायत विदेशका बिभिन्न स्थानमा ज्यान गुमाएकाहरुको दाह संस्कार तथा परिवार लाई आर्थिक सहयोग जस्ताकार्यहरु गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका संरक्षक एवं पूर्व अध्यक्ष हरी प्रसाद खराल र संस्थापक अध्यक्ष एवं संरक्षक टीकाराम खरेललाई सम्मान गर्नुकासाथै आजीवन तथा साधारण सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।कृष्ण खरेल (सागर) ले संचालन गरेको उक्त समारोहमा ऋषिराम सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको थिए । त्यस्तै संस्थाका पूर्व पदाधिकारीहरु, सल्लाहकारहरु, एनआरएनएका नेतागण तथा जापानस्थित नेपाली समुदायका अगुवाहरुको विशेष उपस्थिती रहेको थियो ।

हालसम्म संस्थाले नेपालमा तथा अन्य देशहरुमा रहेका नेपालीहरुलाई पर्दै आइरहेको आपतविपदमा सहयोग गर्दै सत्कर्म गर्दै आइरहेको भन्दै नवनिर्वाचित अध्यक्ष सापकोटाले आगामी दिनमा संस्थाको उद्देश्य पूरा गर्नको निम्ती कटिबद्ध रहने बताए ।संस्थामा आवद्ध हुनको निम्ती आजीवन सदस्यता र साधारण सदस्यताको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया