गैँडाकाेटकाे भूजेल गाउँमा शैक्षिक सामाग्री र लत्ताकपडा वितरण
गैँडाकाेट। गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोर्स विगबजार नारायणगढले शैक्षिक सामाग्री, लत्ता कपडा वितरण तथा भोजन गराएको छ। स्वर्गीय सन्तोष घिमिरेको स्मृतिमा श्री जुना पूर्व प्राथमिक विद्यालय गैँडाकाेट ३ का ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
यस्तै जगन्नाथ टोल विकास संस्थाका दुई सय जना भन्दा बढीलाई लत्ताकपडा वितरण गरेको छ । यस्तै करिब २५० जानालाई खाना पनि खुवाईएको गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोरर्सका संचालक बिनोद न्यौपानेले जानकारी दिनुभयो ...


