नवलपुर । नवलपुरको विनयीत्रिवेणीमा बेवारिसे वम फेला परेको छ । विनयीत्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वन भित्र रहेको बारीमा बम भेटिएको हो । सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुका अनुसार आफ्ना बाबुनानीले जंगलमा बाख्रा चराउन जाँदा बमका गोला देखेका हुन् ।

बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो । जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् ।

साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।बम फेला परेको स्थानमा पुग्न इलाका प्रहरी कार्यालय दुम्कीबासबाट कम्तिमा २ घन्टा यात्रा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया