नवलपुरमा ३३४ जना नयाँ क्षयरोगी, गैँडाकोटमा सबै भन्दा धेरै ८१ जना
नवलपुर । नवलपुरमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ३३४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि फागुन सम्म जिल्लामा २०२ जना पुरुष र १३२ जना महिला गरि ३३४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगी मध्य १४ वर्ष मुनिका पाँच जना बालिका र एक जना बालक पनि रहेको तथ्याङकमा देखिएको छ ।
साउन देखि फागुन सम्म जिल्लामा भेटिएका क्षयरोगी मध्य १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य नौ जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य ...


