वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आउने
गैँडाकाेट । वैशाख १ गतेबाट नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको हो ।
गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जान आउनका लागि केवलकार निर्माणको अन्तिम चरणमा छ । झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केवलकार बनिरहेको छ । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अष्ट्रेलि...


