गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ स्कुलले विद्यालयको लागि विभिन्न विषयका शिक्षकहरु आह्वान गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा रहेको सो स्कुलले विज्ञान, गणित, कम्प्युटर र प्राथमिक तहमा सबै विषयहरु पढाउने सक्ने योग्य शिक्षकहरु आह्वान गरेको हो ।
विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले नयाँ शैक्षिक सत्रका लागि विषयविज्ञ शिक्षकहरु आह्वान गरिएको बताउनुभयो । “हामिले शैक्षिक गुणस्तरलाई थप बलियो बनाउनका लागि अनुभवि र योग्य शिक्षकहरु आह्वान गरेका छौँ ” पौडेलले भन्नुभयो – आर्कषक तलव सुविधा सहित योग्य शिक्षकहरु विद्यालयले खोजेको छ ।
कक्षा १० सम्म पठनपाठन गर्दै आएको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ स्कुलमा ८५० जना विद्यार्थीहरु अध्ययनरत छन् भने ६२ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । आजभन्दा २६ बर्ष अघि स्थापना भएकाे मुकुन्दसेन बोर्डिङ स्कुलले समुदायमा अलग्गै पहिचान बनाउन सफल भएकाे छ ।




उज्यालो खबर




