चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १४ किलो भन्ने स्थानमा ट्रकले ठक्कर दिंँदा कारमा सवार पांँचजना घाईते भएका छन् । एक जनाको अवस्था गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ ।
शनिबार राती ८ बजे नारायणढबाट मुग्लिनतर्फ गईरहेको लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोक्ने ट्रकले विपरित दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई ठक्कर दिंँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा कार चालक सिन्धुपाल्चोक बोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी देवचुली नगरपालिका–१४ का टेक प्रसाद न्यौपाने, सोही ठाउंँका कमल न्यौपाने, गोरखा फुजेल गाउंँपालिका–३ का राज कुमार सापकोटा र काठमाण्डौ महानगरपालिका–१६ का रामहरी मिश्र रहेका छन् ।
ती मध्ये न्यौपानेको अवस्था गम्भिर जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनीहरु सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।



उज्यालो खबर




