गैँडाकाेट। गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोर्स विगबजार नारायणगढले शैक्षिक सामाग्री, लत्ता कपडा वितरण तथा भोजन गराएको छ। स्वर्गीय सन्तोष घिमिरेको स्मृतिमा श्री जुना पूर्व प्राथमिक विद्यालय गैँडाकाेट ३ का ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

यस्तै जगन्नाथ टोल विकास संस्थाका दुई सय जना भन्दा बढीलाई लत्ताकपडा वितरण गरेको छ । यस्तै करिब २५० जानालाई खाना पनि खुवाईएको गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोरर्सका संचालक बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि यसरी सामाजिक कार्यलाई निरन्तरता दिने न्यौपानेले बताउनुभयो । कार्यक्रममा बोल्दै गैंडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले भुजेल समुदायका बालबालिकाहरुलाई  सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे । उहाँले विद्यालयको भौतिक बिकासका लागि पनि आवश्यक सहयोग गर्ने  जनाउनुभयो ।

कार्यक्रममा गैंडाकोट ३ कि वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत उपस्थित थिए । कार्यक्रम गैंडाकोट नगर युवा संजालका अध्यक्ष रोशन दर्लामी मगरले सञ्चालन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया