×

नवलपुर विशेष

गैँडाकोटबाट लागुऔषध र नगद पाँचलाख सहित एकजना पक्राउ

गैँडाकोटबाट लागुऔषध र नगद पाँचलाख सहित एकजना पक्राउ
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटबाट लागुऔषध र नगद ५ लाख सहित एकजना पक्राउ परेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ७ गैरीबाट स्थानीय २७ वर्षका सुजन बिक पक्राउ परेका हुन् । बिकको घरमा लागुऔषधको कारोबार भैरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली उनको घरमा पुगेको थियो । प्रहरी बरिष्ठ नायव निरिक्षक मोहन थापको नेतृत्वमा गएको टोलीले ५ लाख नगद सहित लुकाई छिपाई राखेको अबस्थामा नुफिन १७८, फेनार्गन १७९ र सेरीज्याक १८४ गरि जम्मा ५४१ एम्पुल बरामद गरेको हो । लागुऔषधको...

पौडी खेल्दा खोलामा डुवेर नवलपुरमा शिक्षकको मृत्यु

पौडी खेल्दा खोलामा डुवेर नवलपुरमा शिक्षकको मृत्यु
गैँडाकोट । नवलपुरमा खोलामा डुवेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण सुवेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिनुभयो । मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं....

कालीगण्डकी नदीमा बेपत्ता भएका टाँडीका सुवेदीको शव भेटियो

कालीगण्डकी नदीमा बेपत्ता भएका टाँडीका सुवेदीको शव भेटियो
गैँडाकोट ।  गैँडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित कालीगण्डकी नदीमा डुवेर २ जनामध्ये एकजनाको शव फेला परेको छ । नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका वडा नं. १० जनजागृतिटोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ । श्री नं.२ विपद व्यवस्थापन गण आँपटारीबाट मेजर विमला पन्त लामाको कमाण्डमा खटिएको ११ जनाको गोताखोर टोलीले आज विहान साढे ११ वजे घटनास्थलबाट १० मिटरको दुरीमा शर्माको शव फेला पारेको हो । नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट नगरपालिका...

गैँडाकोटको हर्दी केलादी स्थित कालीगण्डकी नदीमा डुवेर २ जना बेपत्ता

गैँडाकोटको हर्दी केलादी स्थित कालीगण्डकी नदीमा डुवेर २ जना बेपत्ता
गैँडाकोट । कालीगण्डकी नदीमा डुवेर २ जना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका २ जना डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नदीमा डुवेर बेपत्ता हुनेमा  गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रीय घटनाहरु बढ्न थालेका छन् । बेपत्ता भएका दुवैजनाको खोज...

देवचुलीमा भएकाे स्वास्थ्य शिविरमा ४५० जना लाभान्वित

देवचुलीमा भएकाे स्वास्थ्य शिविरमा ४५० जना लाभान्वित
नवलपुर । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा पूर्वी नवलपरासीको देवचुलीमा स्वास्थ्य परिक्षण एवंम् औषधी वितरण शिविर सम्पन्न गरेको छ ।देवचुली नगरपालिका वडा नं. १० स्थित पृथ्वी माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा ४५० जनाले स्वास्थ्य परिक्षण गराएको उद्योग बाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । शिविरमा फिजिसियन, हाडजोर्नी,स्त्रीरोग, बालरोग, छालारोग, दन्तपरिक्षण, इसीजी, रेडियोलोजी तथा भिडियो एक्सरे, नाँक, क...

उच्च गर्मी कायमै रहेपनि गैँडाकोटका सामुदायिक र संस्थागत विद्यालयहरु भोलिदेखि खुल्ने

उच्च गर्मी कायमै रहेपनि गैँडाकोटका सामुदायिक र संस्थागत विद्यालयहरु भोलिदेखि खुल्ने
गैँडाकोट । उच्च गर्मी कायमै रहेपनि नवलपुरको गैँडाकोट नगरपालिका भित्रका सबै विद्यालयहरु आइतबार (भोलि) देखि सञ्चालन हुने भएका छन् । ज्येष्ठ २१ गतेदेखि बन्द रहेका नगरभित्रका सामूदायिक र संस्थागत विद्यालयहरु भोलिदेखि खुल्ने भएका हुन् । संस्थागत विद्यालयहरुको छातासंगठन प्याब्सन गैँडाकोटको शनिबार बसेको बैठकले आइतबारदेखि विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले उज्यालो खबरलाई जानकारी दिनुभयो । लामो समय विद्यालयहरु बन्द हुँदा अध्ययनमा समेत ...

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम
नवलपुर । तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यस वर्ष नवलपुरले उच्च तापक्रममा नयाँ नयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ । जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो । विभागको हावापानी ...

गैँडाकोटमा ३२ वर्षीय पुरुषद्धारा आत्महत्या

गैँडाकोटमा ३२ वर्षीय पुरुषद्धारा आत्महत्या
गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक पुरुषले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ मौलाकालिका मार्गस्थित खगेन्द्र लम्सालको घरमा बस्दै आएका सर्लाही घर भएका ३२ वर्षका विशाल तामाङले आत्महत्या गरेका हुन् । तामाङले आफु बस्ने कोठाको सिलिङ पंखामा डोरी लगाएर झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । छिमेकीका अनुसार घारायशी विषयमा मृतक विशाल र श्रीमतीविच झगडा भएको थियो । मृतक तामाङका श्रीमती र २ छोराहरु छन् । उनको शव पोष्टमार्टमका लागि भरतपुर...

गैँडाकोटको किसान सहकारीद्धारा हजार बढी सदस्यलाई शिपयुक्त तालिम प्रदान

गैँडाकोटको किसान सहकारीद्धारा हजार बढी सदस्यलाई शिपयुक्त तालिम प्रदान
गैंडाकोट । नवलपुरको गैँडाकोटमा मूख्य कार्यालय रहेको  किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना १०५० जना सदस्यहरुलाई शिपयुक्त तथा व्यवसायिक तालिम प्रदान गरेको छ।सदस्यहरुलाई व्यवसायिक बनाउने रणनीतिका साथ संस्थाले जेठ १५ गतेदेखि १५ प्रकारका शिपयुक्त तालिम प्रदान गरिरहेको छ। उक्त तालिम २९ सम्पन्न हुँदैछ । ‘किसानको शान सदस्यलाई सिप युक्त दक्ष जनशक्ती बनाई उत्पादनमा जोड दिने अभियान’का साथ संस्थाले विस्तारित मञ्चमा सदस्यहरुको माग भए बमोजिमका तालिमहरु प्रदान गर्दै आएको छ ।संस्थाले से...