
गैंडाकोट । नवलपुरको गैँडाकोटमा मूख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना १०५० जना सदस्यहरुलाई शिपयुक्त तथा व्यवसायिक तालिम प्रदान गरेको छ।सदस्यहरुलाई व्यवसायिक बनाउने रणनीतिका साथ संस्थाले जेठ १५ गतेदेखि १५ प्रकारका शिपयुक्त तालिम प्रदान गरिरहेको छ। उक्त तालिम २९ सम्पन्न हुँदैछ ।
‘किसानको शान सदस्यलाई सिप युक्त दक्ष जनशक्ती बनाई उत्पादनमा जोड दिने अभियान’का साथ संस्थाले विस्तारित मञ्चमा सदस्यहरुको माग भए बमोजिमका तालिमहरु प्रदान गर्दै आएको छ ।संस्थाले सेवा केन्द्र स्तरिय तालिम कार्यक्रम सम्पन्न गरेको हो । जेठ १५ गते सप्तरंगी सेवा केन्द्रमा कौशी खेती तालिम, समृद्धि भरतपुर सेवा केन्द्रमा जेठ १६ देखि १८ उद्घोषण तालिम, पिठौली सेवा केन्द्रमा जेठ १६ देखि १८ गतेसम्म मौसमी तारकारी खेती, १८ गते दुम्किवास सेवा केन्द्रमा फिनेल बनाउने तालिम, २१ देखि २५ गतेसम्म विजयनगर सेवा केन्द्रमा डल तथा कुशन बनाउने तालिम प्रदान गरेको थियो ।
त्यस्तै २२ गते सर्दी सेवा केन्द्रमा फिनेल बनाउने तालिम, २२ देखि २३ जेठसम्म जनमुखी सेवा केन्द्रमा डल तथा कुशन बनाउने तालिम, समृद्धि डण्डा सेवा केन्द्रमा अर्गानिक मल तथा मौसमी तरकारी खेती तालिम प्रदान गरेको थियो । त्यस्तै २३ देखि २५ जेठसम्म मुकुन्दपुर सेवा केन्द्रमा उद्घोषण तालिम, २४ देखि २६ जेठसम्म पन्चवटी सेवा केन्द्रमा पशुस्वास्थ्य तथा हेरचाह कार्यक्रम, २४ देखि २५ गते पञ्चदृष्टि सेवा केन्द्रमा फोहोर व्यवस्थापन तथा अर्गानिक मल बनाउने तालिम, २६ गते अरुणखोला सेवा केन्द्रमा झोल साबुन बनाउने तालिम प्रदान गरेको थियो ।
त्यस्तै कुनाको सेवा केन्द्रमा २७ र खेवज्योती सेवा केन्द्रमा २९ गते झोल साबुन बनाउने तालिम रहेको छ ।संस्थाले प्रदान गर्ने तालिमले सदस्यहरुमा उर्जा बढाएको र शिपयुक्त तालिम कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष श्रीहरि चालिसेले बताए ।