×

नवलपुर । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा पूर्वी नवलपरासीको देवचुलीमा स्वास्थ्य परिक्षण एवंम् औषधी वितरण शिविर सम्पन्न गरेको छ ।देवचुली नगरपालिका वडा नं. १० स्थित पृथ्वी माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा ४५० जनाले स्वास्थ्य परिक्षण गराएको उद्योग बाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।

शिविरमा फिजिसियन, हाडजोर्नी,स्त्रीरोग, बालरोग, छालारोग, दन्तपरिक्षण, इसीजी, रेडियोलोजी तथा भिडियो एक्सरे, नाँक, कान, घाँटी, सुगर परिक्षण लगायतका रोगहरुको जाँच गरिनुका साथै निशुल्क औषधी वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरको लायन्स क्लव चितवन चौतारी, लायन्स क्लव चितवन नवलपुर समृद्धि, लायन्स क्लव चितवन उत्तरगंगा, लायन्सक्लव चितवन अतुल्य, लायन्स क्लव भरतपुर युथ, लायन्स क्लव गैँडाकोट आर्कषक र लायन्स क्लव गैँडाकोट उत्कृष्टले प्राविधिक सहयोग र देवचुली नगरपालिका वडा नं. १० ले सहयोगी संस्थाको रुपमा रहेको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता तथा देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको शिविरमा सबै लायन्स क्लवहरुको तर्फबाट गंगा सापकोटा, देवचुली नगरपालिका वडा नं. १०का अध्यक्ष रेबती घर्ती (मगर) , केदार पराजुली लगायतले बोल्नुभएको थियो । स्थापना दिवसको अवसरमा यसअघि शुक्रबार गैँडाकोटमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रमका केहि तस्विरहरु :

तपाईको प्रतिक्रिया