×

नवलपुर विशेष

गैँडाकोटमा पोखरीमा डुवेर २ बालकको मृत्यु, प्रहरी घटनास्थलमा

गैँडाकोटमा पोखरीमा डुवेर २ बालकको मृत्यु, प्रहरी घटनास्थलमा
गैँडाकोट । गैँडाकोटमा पोखरीमा डुवेर दुइ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास स्थित सिचाईको पोखरीमा डुवेर दुईजना बालकको मृत्यु भएको गैँडाकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारीले उज्यालो खबरलाइ जानकारी दिए । अन्दाजी १३/ १४ वर्षका दुइ बालकहरुको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ ।गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो ।

 गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

 गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । उनले भने, ‘आज बिहान ५ बजे मैले अपडेट लिँदा प्रहरीले पाँच जनाको शव भेटिएको छ भनेर भनेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।’ बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका...

गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् । यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।वेष्ट इण्डिजले ४।१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

नमुना शिवनगर खानेपानीले क्षमता विस्तार गर्दै, चौथो बोरिङको शुभारम्भ

नमुना शिवनगर खानेपानीले क्षमता विस्तार गर्दै, चौथो बोरिङको शुभारम्भ
गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ६,७,८ र ९ मा पीउने पानी वितरण गर्दै आएको नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथौ बोरिङको आज शुभारम्भ गरिएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ७ धोद्रेमा खानेपानीको चौथो बोरिङको आज शुभारम्भ गरिएको संस्थाका अध्यक्ष जयराम कंडेलले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष होमनाथ सापकोटा र महिलाविकास केन्द्रका सरस्वती घिमिरेले संयुक्त रुपमा खानेपानी बोरिङको शुभारम्भ गर्नु भएको थियो।संघीय खानेपानी तथा ढल ...

चट्याङ्ग लागेर नवलपुरमा एकजनाको मृत्यु

चट्याङ्ग लागेर नवलपुरमा एकजनाको मृत्यु
नवलपुर । नवलपुरकोे विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा बुधबार चट्याङ्ग लागेर १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान ०६ः३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका १ भटुके बस्ने बर्ष ५७ को छविलाल सारुको चट्याङ्ग लागेर ज्यान गएको हो । विनयी त्रिवेणी १ गोग्दी स्थीत खेतमा श्रीमान छविलाल सारू र श्रीमती कुमारीसरा सारु दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ्ग लागेको हो ।  

प्रेस चौतारी नवलपुरद्धारा पत्रकार महासंघलाई तीनदिने अल्टिमेटम

प्रेस चौतारी नवलपुरद्धारा पत्रकार महासंघलाई  तीनदिने अल्टिमेटम
नवलपुर । प्रेसचौतारी नेपाल जिल्ला शाखा नवलपुरले पत्रकार महासंघ नवलपुरलाई ज्ञापनपत्र बुझाउदै ३ दिनभित्र कमजोरी सच्याउन अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्धारा जारी सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरित गरिएको शुद्धीकरण र नयाँ सदस्यता सिफारिस गर्ने कार्यप्रति चौतारी नवलपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरको आज बसेको बैठकले आजका मितिले ३ दिनभित्र पत्रकार महासंघ नवलपुरले गरेको बिभेदपूर्ण निर्णय नसच्याए थप संघर्षक...

नवलपुरमा पत्रकार महासंघको सदस्यता वितरणमा बिभेद, आन्दोलन गर्ने प्रेस चौतारीको तयारी

नवलपुरमा पत्रकार महासंघको सदस्यता वितरणमा बिभेद, आन्दोलन गर्ने प्रेस चौतारीको तयारी
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरले पत्रकार महासंघको सदस्यता वितरणमा बिभेद गरेपछि जिल्लामा लफडा सुरु भएको छ । पत्रकार महासंघ नवलपुरको सोमबार बसेको बैठकबाट नयाँ र पुराना सदस्यहरुको टुंगो लगाइएसँगै महासंघको जिल्ला नेतृत्वको चर्को आलोचना भएको हो । शुद्धीकरणका नाममा आफ्नालाइ काखा र अन्य संगठनमा आवद्ध भएका पत्रकारहरुलाई पाखा लगाइएपछि जिल्लाकै नेतृत्वमाथी प्रश्न उठेको छ । पत्रकार महासंघ नवलपुरको आजको बैठकले बहुमतको दम्भ देखाउदै २७ जना नयाँ र ८५ जना पुराना सदस्यहरु प्रदेशमा ...

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा एघार पदक सहित नवलपुर दोस्रो स्थानमा

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा एघार पदक सहित नवलपुर दोस्रो स्थानमा
गैँडाकोट । पर्वतको कुस्मामा आईतवार सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा नवलपुर एघार पदक सहित टिम दृतिय भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा असार १ गते देखि सञ्चालन भएको प्रतियोगितामा नवलपुरले तीन स्वर्ण, तीन रजत, र पाँच कास्य पदक जितेको नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुसालले जानकारी दिनुभयो । ६८ के.जी. मुनी तौल समूह पुरुषमा मनिष महतो, ७४ केजी मुनी तौल समूहमा बिशाल दर्लामी, र ४९ केजी. मूनी तौल समूह महिलामा ईशा महतोले स्वर्ण पदक जितेक...

चितवनका विभिन्न क्षेत्रमा भोलि पाँचघन्टा विद्युत्त अवरुद्ध हुने (सूचना सहित)

चितवनका विभिन्न क्षेत्रमा भोलि पाँचघन्टा विद्युत्त अवरुद्ध हुने (सूचना सहित)
चितवन । चितवनका विभिन्न स्थानहरुमा भोलि (सोमबार) विहानैदेखि लाइन अवरुद्ध हुने भएको छ । न्यू भरतपुर आँपटारी सबस्टेशन मर्मत गर्नुपर्ने भएकोले विहान ७ वजेदेखि मध्यान्न १२ वजेसम्म विद्युत्त अवरुद्ध हुन लागेको हो । प्राधिकरणका अनुसार ११ केभि औद्योगिक ३ फिडर अन्र्तगत नगरबन,बेलचोक, बाहघरे, रामघाट क्षेत्रका उद्योगहरुमा विद्युत्त अवरुद्ध हुनेछ भने ११ केभि क्षेत्रपुर फिडर मातहतका प्रहरी तालिमकेन्द्र, लायन्सचोक, शहिदचोक, पुलचोक लिलाचोक, सहित क्षेत्रपुरमा समेत विद्युत्त अवरुद्ध हुनेछ ...