माओवादी पूर्वकमाण्डर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतको आदेश
चितवन- व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि हिजो खामको बयान सुरू भएको थियो । तर, वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जनामात्रै अधिवक्ताले बहस गर्न भ्याएपछि मुद्दा मुद्...



