काम गर्न नसके सत्तामा टाँसिएर बस्दैनौँ, राजीनामा पत्र झोलामै छ – रवि लामिछाने
चितवन। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताका लागि केही काम गर्न सकिने आशासहित सत्तामा गएको बताएका छन्।फागु पूर्णेका अवसरमा आइतबार चितवनको खैरहनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘चुनावका बेला बोलेका कुरा हामीले छाडेका छैनौँ। हामीले नागरिकका मुद्दाबाहेक कसैको मुद्दा कोबेको छैनौँ। हामीले कसैलाई जोगाउन फसाउन र बचाउनु छैन’, उनले भने, ‘हामी सरकारमा गएपछि केही परिणाम देखिँदैछन्। ट्रेलर देखिँदैछन्, हामी फिल्म पनि देखाउँछौँ...



