×

चितवन। चितवनको राप्ती नगरपालिकाले आज (आइतबार) देखि कर्मचारी पोसाक र परिचयपत्र नभिरेका कर्मचारीलाई प्रवेशमा रोक लगाएको छ ।कर्मचारीमा अनुशासन राख्न र सेवा प्रवाहमा सहज बनाउन उक्त निर्णय लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।

आइतबारदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको भन्दै उनले अब छिट्टै कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जर समेत बन्द हुनेछ ।फेसबुक र म्यासेन्जरका कारण सेवा प्रवाहमा समस्या आएको भन्दै नगरपालिकाले १० बजेदेखि ५ बजेसम्म बन्दको निर्णय यसअघि नै गरिसकेको हो ।

‘हामीले फेसबुक र म्यासेन्जर समेत आजैदेखि बन्दको निर्णय गरेका थियौँ, तर त्यो निर्णय वार्षिक परीक्षा भर कार्यान्वयनमा नआउने भएको छ’, उनले भने ।नगरपालिकामा लामो समयदेखि कार्यरत पशु चिकित्सक शैलेन्द्र भण्डारीले गत बिहीबार प्रमुख प्रशासकीय अधिकृतकको जिम्मेवारी पाएसँगै उनले सेवा प्रवाहलाई जोड दिदैँ आएका छन् ।

‘नगरपालिकाका कर्मचारीहरु कर्मचारी जस्तो भएन, उहाँहरुलाई कार्यालयमा नेपाल सरकारले तोके बमेजिमको कर्मचारी पोशाक र कर्मचारी परिचयपत्र लगाएर उपस्थित हुन मैले निर्देशन दिएको छु, पोशाक र परिचयपत्रसँगै म्यासेन्जर र फेसबुक समेत बन्दको निर्णय गरेको हुँ’, उनले भने ।

उनले कर्मचारी बैठक नै राखेर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र नगरपालिका अन्तर्गतका सबै शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य पोशाक र परिचयपत्र लगाएर मात्र आउन निर्देशन दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया