चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
भरतपुर- चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका २२ घर निर्माण गरिएको छ । संघीय सरकारको करिब डेढ करोडको शसर्त अनुदानबाट विपन्न चेपाङको घर निर्माण गरिएको हो । पालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयोे । उहाँका अनुसार एक महिना भित्र सबै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिनेछ । अधिकांस घर निर्माणको अन्तिम चरणमा पुगेको भन्दै घरको छाना छाउन र रंङ ल...


