×

चितवन । चितवनमा माछा पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नं. १० जिवनपुर घर भएका सञ्वय चौधरीका १० वर्षका छोरा सिमानस चौधरीको माछापोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आइतबार साँझ स्थानीय यादव पुनको माछापोखरीमा बल्छि खेल्ने क्रममा डुवेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया