×

चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिने

चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिने
नवलपुर- लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिएको छ । खडेरीका कारण निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतमा सतह घटेपछि दुईवटा पानी पोखरी निर्माण गरिएको हो । निकुञ्जका सूचना अधिकारी एवं वन संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीको मर्मत एवं व्यवस्थापन गरिएको बताउनुभयो । “यस वर्ष विगतको तुलनामा निकुञ्जभित्रका ताल तथा पोखरीमा पानीको सतह घटेको छ”, उहाँले भन्नुभयो, “हामीले नियमित कार्यक्रमअन्त...

नार्कको स्थापना दिवसको अवसरमा चितवनमा सरसफाइ तथा कर्मचारी सम्मान

नार्कको स्थापना दिवसको अवसरमा चितवनमा सरसफाइ तथा कर्मचारी सम्मान
संगिता आचार्य चितवन - नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को ३३ औँ स्थापना दिवसको अवसरमा चितवनमा सरसफाई तथा कर्मचारी सम्मान कार्यक्रम मंगलबार  सम्पन्न भएको छ । सबल कृषि अनुसन्धान, आयात प्रतिष्थापन र खाद्य सम्प्रभुत्तामा योगदान भन्ने नाराका साथ राष्ट्रिय मकैबाली कार्यक्रम रामपुरमा सरसफाइ तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको हो । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डाक्टर राजेन्द्र दराइको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय परिसरमा कागती,निम, बयर लगायतक...

चितवनबाट इञ्जिनियरिङ पढ्न काठमाडौँ गएकी स्नेहा ६ दिनदेखि बेपत्ता

चितवनबाट इञ्जिनियरिङ पढ्न काठमाडौँ गएकी स्नेहा ६ दिनदेखि बेपत्ता
चितवन- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने ६ दिनदेखि बेपत्ता भएकी छन्।काठमाडौँ कलंकी मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ पहिलो समेस्टर पढ्ने २२ वर्षीय उनी वैशाख १९ गतेबाट बेपत्ता भएकी हुन् । स्नेहा हराएपछि उनको परिवार र आफन्तजनहरु अहिले खोजीमा जुटेका छन् । स्नेहाको काका दिपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएको समयमा घरबाट कलेज व्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् । मामाघरको सानो गल्ली बाटोबाट बिहान ११ बजेर ५७ मिनेट जाँद...

विश्वकप क्रिकेटमा नेपाली टोलीले लगाउने नयाँ जर्सी नारायणगढमा

विश्वकप क्रिकेटमा नेपाली टोलीले लगाउने नयाँ जर्सी नारायणगढमा
चितवन-  आगामी जून २ तारिखदेखि अमेरिका र वेष्ट इण्डिजमा सुरु हुने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगाउने नयाँ जर्सी नारायणगढ बजारमा आइपुगेको छ । नेपाली क्रिकेट टिमले १० बर्ष पछि पहिलोपटक विश्वकप क्रिकेट खेल्दैछ । जर्सी उत्पादक कम्पनी केल्मीको नेपालस्थित आधिकारिक विक्रेता कामारू ट्रेडिङ्ग प्रा.लि दरवारमार्ग काठमाडौबाट चितवनको एक मात्र आधिकारिक विक्रेता लि स्मार्ट स्टाइलिसले नयाँ जर्सी ल्याएको हो । विग बजार नारायणगढ भित्र रहेको लि स्मार्ट स्टाइलिसले विभिन्न ...

चितवनको खैरहनीमा माछापोखरीमा डुवेर बालकको मृत्यु

चितवनको खैरहनीमा माछापोखरीमा डुवेर बालकको मृत्यु
चितवन । चितवनमा माछा पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नं. १० जिवनपुर घर भएका सञ्वय चौधरीका १० वर्षका छोरा सिमानस चौधरीको माछापोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ स्थानीय यादव पुनको माछापोखरीमा बल्छि खेल्ने क्रममा डुवेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने

इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने
  चितवन - चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँ...

वडाबाटै योजनाको सम्झौता र भुक्तानी

वडाबाटै योजनाको सम्झौता र भुक्तानी
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो । वडा नं। १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताउनुभयो । भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बे...

भरतपुरमा अखिल नेपाल महिला संघको संगठन सृदृढीकरण अभियान सुरु

भरतपुरमा अखिल नेपाल महिला संघको संगठन सृदृढीकरण अभियान सुरु
चितवन–भरतपुर महानगरमा अखिल नेपाल महिला संघ ले संगठन सृदृढीकरण र शुद्धिकरण अभियान सुरु गरेको छ ।आज एमाले पार्टी कार्यालय चितवनमा बसेको महानगर कमिटीको बैठकले अभियानलाई तत्काल सुरु गर्ने निर्णय गरेको हो । अनेमसंघ केन्द्रीय कमिटीको गत पुसमा बसेको बैठकले देशभरका पालिकाहरुमा फागुन १ गतेबाट उक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विभिन्न पालिकामा अभियान जारी छ । भरतपुरमा भने जनतासँग एमाले अभियानका कारण केही ढिला सुरु हुन पुगेको बताइएको छ । अनेमसंघले अगाडि...

रुखबाट लडेर पत्रकार रानाभाट घाइते, भरतपुरमा उपचार हुँदै

रुखबाट लडेर पत्रकार रानाभाट घाइते, भरतपुरमा उपचार हुँदै
गैँडाकोट । रुखबाट लडेर नवलपुरका पत्रकार होमराज रानाभाट गम्भिर घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा न. ४ झपर्दी घर भएका ५२ वर्षका रानाभाट आफ्नै घरको कटहरको रुखबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शनिवार साँझ रुखबाट खसेर घाइते भएका रानाभाटको चितवन मेडिकल कलेजमा टाउकोको शल्यक्रिया भएको छ । रानाभाटको अवस्था अहिलेसम्म स्थिर रहेको चिकित्सकले जनाएका छन् ।