×

चितवन –३१ औं मदन आश्रित स्मृति दिवसमा भोलि जेठ ३ गते भरतपुरको दासढुंगामा स्मृति सभा हुने भएको छ ।नेकपा एमाले चितवनको आयोजनामा दासढुंगाको मदन स्मृति पार्कमा सभा हुने नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले जानकारी दिए ।

पाठकले सबै पार्टी कमिटी-जनवर्गीय संगठन लगायत सम्पूर्ण समर्थक-शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।भोलि बिहान ७ बजे पार्टी कार्यालय चितवनमा जम्मा भएर ०७ः३० बजे कार्यक्रम स्थलमा प्रस्थान गर्ने र ८ बजेबाट कार्यक्रम सुरु गर्ने समय तालिका बनाइएको पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया