×

चितवन सेरोफेरो

नारायणगढको भृकुटी बोर्डिङमा पढ्न गएका बालकको मृत्यु

नारायणगढको भृकुटी बोर्डिङमा पढ्न गएका बालकको मृत्यु
  चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो । विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएको थियो ।आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो साढे १२ बजे बालकको मृत्यु भएको ...

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
  चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारल...

नारायणी नदीमा बन्ने पुलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायणी नदीमा बन्ने पुलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने
चितवन–पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने भएको छ । भरतपुर महानगरपालिका र  गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लाग्नुभएको हो ।   भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं यस पुलको योजना प्रमुख कृष्ण अधिकारीका अनुसार...

चितवनमा स्मल हेभन स्कुलको बसमा आगजनी

चितवनमा स्मल हेभन स्कुलको बसमा आगजनी
चितवन -चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो । बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै जना फरार छन् ।बस जलाउने व्यक्तिहरूले बसका सहचाल...

चितवनको माडी क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्ची जलाए

चितवनको माडी क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्ची जलाए
चितवन - माडी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्षको कुर्ची जलाएका छन् ।क्याम्पसमा अध्यापनरत प्राध्यापकहरु गत शुक्रबारदेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएसंगै बन्द रहेको क्याम्पस सञ्चालन सुचारु गर्न आवश्यक पहल नलिएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुख रामकृष्ण क्षेत्री र व्यवस्थापन समिति अध्यक्ष शिवनारायण गुरौको कुर्चीमा आगजनी गरेका हुन् । बन्द क्याम्पस खुला गर्न क्याम्पस व्यवस्थापन, प्रशासन र प्राध्यापक सबै पक्ष जिम्मेवार हुन...

चितवनमा वल्र्डलिंकको ‘बिट दि स्पीड’ कार्यक्रम

चितवनमा वल्र्डलिंकको ‘बिट दि स्पीड’ कार्यक्रम
चितवन–इन्टरननेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले नेपाल टि–२० विश्वकप क्रिकेटको संघारमा रहेको बेला चितवनको नारायणी नदी किनारमा ‘बिट दि स्पीड’ कार्यक्रम गरेको छ ।शनिबार अपरान्ह नारायणी नदी किनारमा ४ बजेदेखि युवाहरुको उल्लेखीय सहभागितामा कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा धेरै स्पीडमा बलिङ गर्नेमा विशाल यादव घोषित भएका छन् । उनले ११३ को स्पीडमा बलिङ गरेका थिए । कार्यक्रममा १४ जना युवाले एक सय भन्दा माथिको स्पीडमा बलिङ गरेको वल्र्डलिंक चितवनका युनिट इन्चार्ज पुष्...

भरतपुरमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला

भरतपुरमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला
चितवन- भरतपुर महानगरपालिका–२ लिलाचोकस्थित साथिको कोठामा सुत्न गएका एक पुरुष आज बिहान ३ः३५ बजेको समयमा मृत फेला परेका छन् । मनकामना ट्रान्सपोर्टमा एकाउन्टेनको रुपमा काम गर्ने भरतपुर–१० हाकिमचोक बस्ने ५५ वर्षीय दिलिप प्रसाद उपाध्याय साथिको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । आफुसंगै काम गर्ने साथि सुनसरी बराह नगरपालिका–७ बस्ने ४९ वर्षीय ऋषिकेश भट्टराईको कोठामा गई खाईपिई गरि सुतेका उपाध्यायलाई राति पिसाव फेर्न उठ्ने क्रममा उठाउँदा नबोलेको भट्टराईले...

राइटपाथले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्ने

राइटपाथले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्ने
चितवन- शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा रहेको राइटपाथले २९ वैशाख देखि ८ जेठसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको हो । राइटपथका अनुसार कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरूमा पुग्नेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ हुने तालिका छ । कन्क्लेभमा एप्लिकेसन ...

खैरहनी नगरपालिकामा खुल्ला व्यायामशाला स्थापना

खैरहनी नगरपालिकामा खुल्ला व्यायामशाला स्थापना
  खैरहनी नगरपालिकाले नागरिकको स्वाथ्य सुविधा विस्तारको लागि बहुसंख्यक नागरिकको पहुँचमा पुग्ने गरी विभिन्न स्थानमा खुला व्यायामशाला स्थापना गरेको छ । खैरहनी नगरपालिकाको वडा नं १० कठार बजार, वडा नं ११ को समी चोक, वडा नं ६ मा निर्माणाधिन बालउद्धान पार्क अगाडि, वडा नं ८ को धार्मिक उत्थान भवन छेउ, वडा नं २ को विन्दवासिनी मन्दिरको आडमा र वडा नं १३ को पुष्पलाल पार्कमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । नागरिक सचेतनामा अभिवृद्धि भएसंगै बिहान साँझ हिँडडुल गर्ने र व्या...