×

चितवन सेरोफेरो

राप्तीका मेयर शमशेर लामा सवार सवारी साधन माथि आक्रमण

राप्तीका मेयर शमशेर लामा सवार सवारी साधन माथि आक्रमण
राप्ती ।  चितवनको राप्ती नगरपालिकाका  मेयर शमशेर लामा सवार  सवारी साधनमाथि आक्रमण भएको छ । आइतवार राती अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको  सरकारी गाडीमा आक्रमण भएको हो । समुहमा आएका केहि व्यक्तिले लामाको बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडी पट्टिको सिसा फुटेको छ । मेयर लामालाइ कुनै भौतिक चोटपटक भने लागेको छैन । काम बिशेषले वडा नं २ को गड्यौली पुगेका लामा घर फर्कने क्रममा घटना घटेको हो ...

बागमती प्रदेशका अर्थमन्त्री थपलियाद्वारा प्रेस चौतारी चितवनको भवनको अवलोकन

बागमती प्रदेशका अर्थमन्त्री थपलियाद्वारा प्रेस चौतारी चितवनको भवनको अवलोकन
चितवन । बागमती प्रदेश सरकारका आथिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चितवनको भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारी चितवनको भवनको  शनिवार दिउँसो अवलोकन निरीक्षण गरेका छन् । भरतपुर ११ बसेनीमा निर्माण भैरहेको प्रेस चौतारीको भवन देशकै पहिलो भवन हो । भवन अवलोकन गर्दै मन्त्री थपलियाले प्रेस चौतारी चितवनले देशकै नमूना काम गरेको भन्दैं खुसी ब्यक्त गरे । उनले भरतपुरको मुख्य क्षेत्रमा जग्गा दान गरेर सहयोग गर्ने केशव कार्कीलाई हार्दिक आभार ब्यक्त गर्दै भवन निर्माणले चाँडै नै ...

भरतपुरमा सहकारीका कर्मचारीद्वारा बालिकामाथि यौन दुर्व्यवहार

भरतपुरमा सहकारीका कर्मचारीद्वारा बालिकामाथि यौन दुर्व्यवहार
  चितवन । भरतपुरको एक सहकारी संस्थाका कर्मचारीले ग्राहकको घर गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका छन् ।भरतपुरमा रहेको गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी विष्णुप्रसाद कँडेलले कार्यालयबाट पैसा उठाउन जाँदा ग्राहकको घरमा गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४६ वर्षका कँडेलले कार्यालयको सेवा क्षेत्रमा पर्ने एक ग्राहकको घरमा ऋणको किस्ता उठाउन जाँदा ऋणीको घरमा नगई उनको दिदीको घरमा गएर दिदीको छोरीमाथि यौनजन्य ...

कवि पाठकले मरुभूमिमा वासन्ती याम ल्याउँदै

कवि पाठकले मरुभूमिमा वासन्ती याम ल्याउँदै
चितवन - कवि विपिन पाठकको कविताकृति मरुभूमिमा बसन्तीयाम प्रकाशनमा आउने भएको छ । इन्डिगो पब्लिकेसनले प्रकाशनमा ल्याउन लागेको उक्त किताबमा ४० बढी कविताहरू संग्रहित छन् । एक दशकभन्दा लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाठक साहित्य संगम चितवनका पूर्व सह सचिव हुन् भने प्रगतिशील लेखक संघ चितवनका निवर्तमान अध्यक्ष हुन्। सक्रियतापूर्वक चितवनको साहित्यमा तल्लिन पाठक विभिन्न शैक्षिक संस्थामा नेपाली विषय प्राध्यापन गर्दछन्। पहिलो संग्रहको रुपमा कविताकृति प्रकाशोन्...

कालिका नगरपालिकाका  सव-इन्जिनियर  श्रेष्ठको विदाई

कालिका नगरपालिकाका  सव-इन्जिनियर  श्रेष्ठको विदाई
कालिका । कालिका नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत्त मोहन श्रेष्ठलाई विदाई गरिएको छ । हाल कालिकाको वडा नं. १ र ५ मा रहेर कामगर्दै आएका थिए । चन्द्रागिरी नगरपालिकामा सरुवा भएपछि नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य शान्ति महतो, फारमकुमारी ढकाल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारीले फुलमाला सहित खादा लगायर विदाई गर्नुभएको हो । विदाई कार्यक्रममा वडा नं. ४ र ५ का संस्थापक अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ र जिएन महतोको...

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री
 काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘राजीनामा बुझाउन गएका थियौं । सम्मानीय प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो भन्नुभयो । कु...

चितवन सुन पसल लुटपाट प्रकरण – सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम कुम्ल्याउने दाउ

चितवन सुन पसल लुटपाट प्रकरण – सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम कुम्ल्याउने दाउ
चितवन । जिल्लाको कालिका नगरपालिका- ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भयो । चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेको प्रहरीमा सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरे । अझ लुटिएको भनिएको ४४ तोला प्रहरीले नै भेटेर त्यही सञ्चालक विश्वकर्मालाई बुझायो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउनसक्ने कुराले सचेत बन्यो । खोलेसिमल बजार सुरक्षाको दृष्टिकोणले प्रहरीले असुरक्षित क्षेत्रमा ...

४ जीपीए ल्याएका तीन विद्यार्थीको रोजाइमा नारायणी पब्लिक

४ जीपीए ल्याएका तीन विद्यार्थीको रोजाइमा नारायणी पब्लिक
चितवन । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा चितवन जिल्लाबाट ४ जीपीए ल्याएका तीनजना विद्यार्थीहरुले नारायणी पब्लिक ईङ्लिस स्कुल रोजेका छन् । नारायणी पब्लिक ईङ्लिस स्कुलबाट ४ जीपीए सहित एसइइ पास गरेका २ जना र चितवन माविबाट एसइइ पास गरेका गरि तीनजना विद्यार्थीहरुले कक्षा ११ मा विज्ञान विषयमा अध्ययन गर्न नारायणी पब्लिक ईङ्लिस स्कुल रोजेका हुन् । विद्यालयका प्राचार्य वेदराज न्यौपानेले एलिजा सिग्देल, जनभी कडेल, र विशाल मगरातीले नारायणी पब्लिक ईङ्लिस स्कुलमा अध्ययन गर्ने निधो गरेको...

पपुलरद्धारा विद्यार्थीहरुलाई स्टेशनरी वितरण तथा नि:शुल्क हेयर कटिङ

पपुलरद्धारा विद्यार्थीहरुलाई स्टेशनरी वितरण तथा नि:शुल्क हेयर कटिङ
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री चण्डेश्वरी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गर्नुका साथै निशुल्क कपाल काट्ने कार्यक्रम सोमबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० सीजी ल्याण्डमार्कमा अवस्थित पपुलर युनिसेक्स शैलुन र त्यहाँ कार्यरत प्रशिक्षार्थीहरुको सहयोगमा विद्यार्थीहरुको निशुल्क कपाल काट्नुका साथै स्टेशनरी सामाग्री सहयोग गरिएको हो । विद्यालयमा रहेका ५५ जना विद्यार्थीहरुको कपाल काट्नुका साथै ९१ ज...