×

चितवन सेरोफेरो

काठमाडौं जाँदै गरेको नाईट बस चितवनमा दुर्घटना, २४ जना घाइते

काठमाडौं जाँदै गरेको नाईट बस चितवनमा दुर्घटना, २४ जना घाइते
चितवन- चितवनमा आज (आइतबार) बिहानै बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो । बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

देवघाट महामहोत्सवको २५औं दिन -चर्चित संचारकर्मी तथा कलाकारको उपस्थिति

देवघाट महामहोत्सवको २५औं दिन -चर्चित संचारकर्मी तथा कलाकारको उपस्थिति
देवघाट- देवघाट महामहोत्सव २५औं दिनमा प्रवेश गर्दा, धार्मिक उल्लास झनै चुलिएको छ। अब केवल ५ दिन बाँकी रहेको यस महामहोत्सवमा दशौं हजार भक्तजनहरूको उपस्थितिमा देवघाट दिव्यधामको शिलान्यास पूजा सम्पन्न गरिएको छ। आजको विशेष कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी, चर्चित नायिका झरना थापा, तथा चलचित्र निर्माता सुनिल थापा लगायतको सहभागिता रह्यो। यी सबै विशिष्ट अतिथिहरूले महामहोत्सव, मातापिता सेवाश्रम र देवघाट दिव्यधाम निर्माण अभियानको खुलेर प्रशंसा गरे। वरिष्ठ सञ्...

चितवनमा आजदेखि राष्ट्रिय डेरी एक्स्पो २०८१ सुरु

चितवनमा आजदेखि राष्ट्रिय डेरी एक्स्पो २०८१ सुरु
चितवन-   चितवन प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको छ ।प्रदर्शनीको उद्घाटन गर्दै अधिकारीले सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभयो । किसानहरुको सुझावलाई आफूहरु कृषि ऐनमा समेट्न तयार रहेको भन्दै मन्त्री अधिकारीले आवश्यक र समय सान्दर्भिक सुझावहरु दिनका लागि आग्रह गर्नुभयो । ‘सरकारले ल्याउन लागेको कृषि ऐन आएपछि नेपालका कृषकहरुले हामी सक्षम छौँ, हामी...

चितवनमा हुने राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा

चितवनमा हुने राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा
चितवन-  चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा भोलिदेखि सञ्चालन हुने प्रथम राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पोमा सहभागी हुने प्रदर्शक आउनेदेखि प्रदर्शनी कक्ष निर्माणका काम सकिएको आयोजकले जनाएको छ ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने डेरी एक्स्पोमा डेरी सम्बन्धी विभिन्न ५२ वटा स्टलहरु रहनेछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा प...

खैरहनीका ४५८ जना विपन्न नागरिकको निःशुल्क स्वास्थ्य विमा

खैरहनीका ४५८ जना विपन्न नागरिकको निःशुल्क स्वास्थ्य विमा
चितवन-  चितवनको खैरहनी नगरपालिकामा ४५८ जना विपन्न नागरिकको निःशुल्क बीमा गरिएको छ । नगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ४५८ विपन्न नगरबासीको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको एक कार्यक्रमका बीच स्वास्थ्य विमा परिचय पत्र वितरण गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले बताएका छन् । खास गर...

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु
  चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उ...

आत्मरक्षाको लागि गोली चलाउँदा जंगली हात्ती मकुनाको मृत्यु

आत्मरक्षाको लागि गोली चलाउँदा जंगली हात्ती मकुनाको मृत्यु
चितवन- आत्मरक्षाको लागि गोली चलाउँदा चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो। बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती(चुरेगज) लाई सिधै आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्...

रवि लामिछानेको आज पनि चितवन अदालतमा थुनछेक बहस

रवि लामिछानेको आज पनि चितवन अदालतमा थुनछेक बहस
काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । बुधबार सर...

चारपाङ्ग्रे सवारीसाधनका लागि चितवन निकुञ्जको बाटो चौबिसै घण्टा खुला

चारपाङ्ग्रे सवारीसाधनका लागि चितवन निकुञ्जको बाटो चौबिसै घण्टा खुला
  चितवन- सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार) बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा सम्पन्न एक विशेष बैठकले सबैखाले सार्वजनिक सवारी साधन एवं चारपाङ्ग्रे निजी सवारी साधन (सुरक्षाका कारण मोटरसाइकल बाहेक) लाई २४सै घण्टा आवतजावत गर्न पाउने निर्णय गरेको बैठकका सहजकर्ता समेत रहनुभएका भरतप...