×

चितवन सेरोफेरो

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका   सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् ।उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै उनी आज बयान दिन अदालत पुगेका हुन् । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । ...

मौलाकालिका अस्पताल भोलिबाट आफ्नै नयाँ भवनमा सर्ने

मौलाकालिका अस्पताल भोलिबाट आफ्नै नयाँ भवनमा सर्ने
  चितवन – भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल माघ २१ गते भोलिबाट आफ्नै नयाँ भवनमा सर्ने भएको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि आफ्नै भवनमा सर्न लागेको हो । अस्पतालले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरी नयाँ भवनबाट सेवा शुभारम्भ गरेको अवसरमा ओपिडि निःशुल्क र अस्पताल सेवामा ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । अस्पतालका अध्यक्ष डा।माणिकलाल मानन्धरका अनुसार माघ २१ गतेदेखि ३० गतेसम्म सम्पूर्ण ओपिड...

मौलाकालिका अस्पताल माघ २१ गतेबाट आफ्नै भवनमा सर्दै, सेवामा ५० प्रतिशतसम्म छुट

मौलाकालिका अस्पताल माघ २१ गतेबाट आफ्नै भवनमा सर्दै, सेवामा ५० प्रतिशतसम्म छुट
चितवन-  भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सर्ने भएको छ । वाईपास रोडस्थित मालपोत चोक नजिक (भ्याट कार्यालयबाट उत्तर–पूर्व)  नयाँ भवनबाट सेवा शुभारम्भ गरेको अवसरमा अस्पतालले ओपिडि निःशुल्क गरेको छ भने अस्पताल सेवामा ५० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अध्यक्ष डा.माणिकलाल मानन्धरका अनुसार माघ २१ गतेदेखि ३० गतेसम्म सम्पूर्ण ओपिडि (बहिरंग) सेवाको टिकट निःशुल्क हुनेछ । यसै अवधिमा अस्पतालका सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा सात प्रत...

प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन चितवनमा हुने

प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन चितवनमा हुने
चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने भएको छ । प्रदेश कमिटिको दोश्रो अधिवेशन फागुन ७ गते चितवनमा गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो । अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाबाट प्रतिनिधी छनौट भएर आउने छन् । अधिवेशनको क्रममा प्रेस चौतारी बागमती पुरस्कार ४ जनालाई र उत्कृष्ट शाखालाई सम्मान वितरणको कार्यक्रम समेत रहेको छ । अधि...

चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित

चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित
भरतपुर- चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित हुनुभएको हो ।उहाँले ८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी सिलवालले ७८ मत प्राप्त गर्नुभयो ।

चितवनका एसपी गौतमको सरुवा, जिल्लामा राजन लिम्बु आउने

चितवनका एसपी गौतमको सरुवा, जिल्लामा राजन लिम्बु आउने
चितवन- जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक गौतम मिश्रको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा लिस्टमा गौतमको नाम पर्सा रहेको छ । यसभन्दा अघिका एसपि भावेश रिमाल रवि लामिछानको मुद्दामा विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले गौतमलाई काजमा चितवन पठाएको थियो । यस्तै चितवनमा राजन लिम्बु आउने भएका छन् । लिम्बु कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगर आर्थिक प्रशासन तथा प्रवन्धक शाखाबाट चितवन सरुवा भएका हुन् ।

वृज एडिटिभ्स्को निर्माण सामग्रीको नयाँ उत्पादन चितवनमा

वृज एडिटिभ्स्को निर्माण सामग्रीको नयाँ उत्पादन चितवनमा
चितवन- वृज एडिटिभ्स्ले नयाँ उत्पादनहरूको शृंखला सुरु गरेको घोषणा गरेको छ । नयाँ शृंखलाका रुपमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन् । वृज एडिटिभ्स्को नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा गर्नका नयाँ वस्तुहरुको उत्पादन गरिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । भारत र चीनबाट आयातित हुने वस्तुको रोकथामका लागि नेपालमा नै उत्पादन गर्न लागिएको उद्योगले जानकारी दिए...

बालमाविद् अलम्नाइमा वामदेवको नेतृत्व

बालमाविद् अलम्नाइमा वामदेवको नेतृत्व
चितवन- भरतपुर महानगरपालिका-२, नारायणगढमा रहेको बालकुमारी माविका पूर्वविद्यार्थीहरूको संगठन बालमाविद् अलम्नाइ एसोसिएसनको दसौँ अधिवेशन बिहीबार सम्पन्न भएको छ ।अधिवेशनले एसएलसी ब्याच २०३८ का वामदेव शर्माको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्समितिको उपाध्यक्षमा सनदकुमार पिया, सचिवमा सूर्यप्रकाश कँडेल, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यमा शेषमणि भट्टराई, भरतकुमार श्रेष्ठ र दिलमाया पोखरेल रहेका छन् ।कार्यसमितिको सबै पदमा एकएक जनाको मात्रै उम्मेदवार...

देवघाट महामहोत्सव- देवी प्रतिभाको विदाई, अनुराधा पाण्डेयलाई स्वागत

देवघाट महामहोत्सव- देवी प्रतिभाको विदाई, अनुराधा पाण्डेयलाई स्वागत
  चितवन । देवघाट महामहोत्सव आज १०औं दिनमा प्रवेश गरेको छ। आजदेखि श्रद्द्ये किशोरशरण जी महाराजको शिव महापुराण वाचन सुरु हुँदैछ। बिहान ८ बजेबाट प्रारम्भ हुने यस प्रवचनले हजारौं श्रद्धालु भक्तजनलाई भक्ति र आध्यात्मिकतामा डुबाउने विश्वास गरिएको छ। मधुरता र भक्तिभावका स्रोत किशोरशरण जी महाराजले नेपाल र भारतभरका धार्मिक स्रोता माझ आफ्नो भक्तिरसमय कथाका माध्यमबाट विशेष ख्याती कमाउनुभएको छ। आजै सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीको विदाईको दिन पनि हो। दिउँसो २ बजे आयोजना ह...