कालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ, स्वागत तथा बिदाई कार्यक्रम
चितवन । कालिका नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा स्वागत एवं निवर्तमान जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम आज सम्पन्न भएको छ । कालिका नगरपालिकाको आयोजनामा खोलेसिमलमा भएको सो कार्यक्रम कालिका नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निशान राज गौतमको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद रेग्मीले नवनिर्वाचित उप प्रमुख बिमला तामाङ सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । त्यस्तै ग...



