चितवन । नेपाली काङ्ग्रेसले पार्टिको निति बिपरित निर्वाचन गतिविधिमा सम्लग्न रहेको भन्दै चितवनका पाँच जनालाई निलम्बन गरेको छ ।पार्टिको निर्णय विपरित चुनाबमा लागेको भन्दै पुर्ब सांसद भिमबहादुर श्रेष्ठलगायतलाई निलम्बन गरेको हो ।

निलम्बन हुनेमा नेपाल तरुण दल चितवनका पुर्ब अध्यक्ष शम्भु अर्याल , पुर्ब सचिब आनन्द राउत , पार्टिका क्षेत्रीय प्रतिनिधि सुर्य बस्नेत र डाक्टर केशब पौडेललाई पार्टिको केन्द्रीय कार्यालयले निलम्बन गरेको हो ।बिधान बिपरित कारवाहि गरेको पत्र जिल्ला समिती कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले बताए ।

तपाईको प्रतिक्रिया