चितवन । माडी नगरपालिका वडा नं। ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित हुनुभएको छ ।मंगलबार मध्यान्ह सकिएको मतगणना अनुसार एमाले नेता पौडेलले बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली काँग्रेसका प्रत्यासी यमनाथ सुवेदी ९रामु०संगै राप्रपाका गंगा कुमारी गुरुङ, नेपाल दलित पार्टी (ईनार चिन्ह) का धन बहादुर गायक र स्वतन्त्र उम्मेदवार (पुतली चिन्ह) गौरीशंकर ढकाललाई पराजित गर्दै वडाध्यक्षमा जीत हासिल गर्नुभएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको सो वडाको निर्वाचनमा सुरुवातदेखि नै काँग्रेसका सुवेदीको अग्रता रहेपनि अन्तिमका मतगणनाबाट नतिजा पौडेलको पोल्टामा परेको हो । लामो समयसम्म शिक्षण सेवामा जोडिनुभएका उहाँले एमालेबाट वडाध्यक्षको टिकट पाएसंगै शिक्षण पेशाबाट राजिनामा गरी चुनाब लड्नुभएको थियो । पौडेल विद्यार्थी एवं स्थानीय समुदायमा मृदुभाषी मिलनसार र कामप्रति प्रतिबद्ध मानिनुहुन्छ

तपाईको प्रतिक्रिया