चितवनको नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने
चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । पृथ्वी राजमार्गको मुग्लिननजिक बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । सडक डिभिजन कार्यालय भरतपुरका लोडर अपरेटर अमर गुरुङले पहिरो पन्छाउन आज दिनभर लाग्ने बताउनुभयो । अहिले पहिरो पन्छाउने काम सुरु भएको छ ।
अहिलेपनि पानी परिरहेको र पहिरो खस्ने क्रमपनि नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो...


