चितवन । एसईई को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि अंकुरम एकेडेमी भरतपुरले एइई स्तरिय फुटसल प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरुमा लुकेर रहेको क्षमता विकास संगै बैयक्तिक र शारिरिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले अंकुरम्ले प्रतियोगिता आयोजना गरेको एकेडेमीका प्राचार्य सुमन पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रेमबस्ती माविको समुह प्रथम भयो । यस्तै फस्ट रनरअफ अंकुरम एकेडेमीको समुहले हात पार्न सफल भयो । विद्यार्थीहरुमा थप हौसला बढाउन प्रथम हुनेलाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद ५ हजार र फस्ट रनरअफलाई प्रमाणपत्र,मेडल सहित ३ हजार नगद प्रदान गरिएको एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले बताउनुभयो । प्रतियोगितामा एईईको परिक्षा दिएर बसेका २४ समुहका १सय९२ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुदैं आइरहेको अन्तराष्ट्रिय स्तरको विद्यालय अंकुरमले विद्यार्थीहरुको चाहना अनुसार प्रयोगात्मक रुपमा स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।