×

चितवन सेरोफेरो

 नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अबरुद्ध

 नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अबरुद्ध
चितवन– लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज विहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सोही लेद...

नारायणी नदीको पानी सतर्कता तह नजिकः उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीको पानी सतर्कता तह नजिकः उच्च सतर्कता अपनाउन आग्रह
चितवन ।  नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । “पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, ...

शिक्षा मन्त्री पौडेल र मेयर दाहालको एउटै भनाई :रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्नुहोस्

शिक्षा मन्त्री पौडेल र मेयर दाहालको एउटै भनाई :रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्नुहोस्
चितवन । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गर्नुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुखद भएको उल्लेख गर्नुभयो । कुनै ठोस मुद्दामा अन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको मध्यमबा...

मुक्तिनाथ विकास बैंकका कर्मचारी सवार माइक्रो चितवनमा दुर्घटना (नामसहित)

मुक्तिनाथ विकास बैंकका कर्मचारी सवार माइक्रो चितवनमा दुर्घटना   (नामसहित)
चितवन–चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल प्रशासनले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । घाइतेहरु मध्ये अधिकांश मुक्तिनाथ विक...

चितवन रत्ननगरको बाघमारा क्षेत्रमा बाढी,६ बढी होटल तथा रेष्टुरेन्ट डुवानमा

चितवन रत्ननगरको बाघमारा क्षेत्रमा बाढी,६ बढी होटल तथा रेष्टुरेन्ट डुवानमा
चितवन । चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गयरातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् । रेडरुफ,न्यूरो,ग्रिन भिउ,बेम्बो कटेज,जंगल प्यालेस होटल,दोभान रेष्टुरेन्ट,बिगबोस रेष्टुरेन्ट लगायतका होटल तथा रेष्टुरेन्ट डुवानमा परेको स्थानीय व्यवसायीले बताएका छन् । सो क्षेत्रमा बाढी आएसंगै होटल रेष्टुरेन्टमा रहेका सामानहरु सुरक्षित स्थानमा ल...

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले  उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेश...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु
भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ४ बजे सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको थियो । दुईवटा जेसिभि प्रयोग गरेर पहिरो पन्छाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गय रातीदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।सडकमा पहिरो खसेपछि आज विहान ४ वजेदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । अहिलेपनि लगातार वर्षा भैरहेकोले पहिरो हटाउन समस्या भैरहेको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ ।

लायन्स तथा लियो क्लबको आयोजनामा बृहत रक्तदान

लायन्स तथा लियो क्लबको आयोजनामा बृहत रक्तदान
चितवन ।  भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।विभिन्न ७ लायन्स क्लव तथा १ लियो क्लबको संयुक्त आयोजनामा रक्तदान भएको हो।कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रिक ३२५ आर नेपालका गभर्नर पि एम जे एफ लायन सिद्वार्थलाल चुकेले क्लबहरु मिलेर चितवनमा पछिल्लो समय देखियको रगतको चरम अभाबलाई केही हदसम्म भयपनि कमि गर्ने बताउनुभयो।कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभयका गभर्नर चुकेले लायन्स क्लवहरुले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्र...