क्यानडा जान चाहने विद्यार्थीका लागि भरतपुरमा भोलि एक्सपर्टको सेमीनार
चितवन– अष्ट्रेलियाका लागि ख्याती प्राप्त एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्यानडा जान चाहने विद्यार्थीहरुका लागि पनि विशेष सेमीनार आयोजना गरेको छ ।
एक्सपर्ट चितवनले भोलि (बिहीबार) आफ्नै भवनमा क्यानडा, युके र अमेरिकाका लागि विशेष सेमीनार आयोजना गर्न लागेको हो । पछिल्लो समय एक्सपर्टबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो क्रममा छ । त्यसैले एक्सपर्ट अब अष्ट्रेलिया मात्र नभई क्यानडा भनेर पनि चिनिन थालेको छ ।
एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारी...


