चितवन ३ का उम्मेदवार पाण्डेको उम्मेदवारी खारेजी माग गर्दै परेको रिट खारेज
चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका पाण्डेसहित विजयकुमार गच्छदार, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरी प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वो...


