माडीको विकास र समृद्धिका लागि गठबन्धनलाई मतदान गर्नुहोस् : डा. भोजराज
भरतपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । उम्मेदवारहरूले घरदैलो अभियानको गतिलाई पनि बढाएका छन् । निर्वाचन आचारसंहिताका कारण साह्रै धेरै तामझाम नभए पनि आन्तरिक भेटघाट र चुनावी कोणसभाहरू गरिरहेका छन् । यसै सन्दर्भमा चितवन ३ नम्बर क्षेत्रको लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरू हाल माडीमा छन् ।
माडीबासीसँग उनीहरूले भेटघाट गरेका छन् । उनीहरूले स्थानीयका गुनासा र समस्या सुन्दैं निर्वाचन लगत्तै पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ठाडा खोलाले दिने समस्या, वन...


