×

चितवन सेरोफेरो

हेटौँडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा,भरतपुर-बर्दघाट खण्ड साउनभित्र सञ्चालन हुने

हेटौँडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा,भरतपुर-बर्दघाट खण्ड साउनभित्र सञ्चालन हुने
चितवन - मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महान...

चितवन राष्ट्रिय निकुञ्जमा छ बाघको उद्धार

चितवन राष्ट्रिय निकुञ्जमा छ बाघको उद्धार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयाे । उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक वटा पठाइएको छ भने एउटालाई...

पत्रकार महासंघ चितवनका पूर्वअध्यक्षहरुले भने- शुल्क लिइसकेका सदस्यको सदस्यता नवीकरण गर

पत्रकार महासंघ चितवनका पूर्वअध्यक्षहरुले भने-  शुल्क लिइसकेका सदस्यको सदस्यता नवीकरण गर
चितवन–नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षहरुले शुल्क लिइसकेका सदस्यहरुको सदस्यता नवीकरण गर्न सुझाव दिएका छन् । पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा गरिएको तालाबन्दीप्रति पूर्व अध्यक्षहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । छ जना पूर्व अध्यक्षहरुले आज संयुक्त विज्ञप्ति जारी गरी शुद्धीकरणका नाममा महासंघकै संस्थागत विकासमा महत्वपूर्ण योगदान पुयाएका अग्रज र क्रियाशिल पत्रकारहरुको इतिहास मेट्ने गरी तयार गरिएको कार्यविधि परिमार्जन गर्न पनि आग्रह गरेका छन् । ‘न...

पत्रकार महासंघ चितवनमा तालाबन्दी

पत्रकार महासंघ चितवनमा तालाबन्दी
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरिएको छ । शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै प्रेस चौतारी नेपाल चितवन शाखाले आज(शनिवार) तालाबन्दी गरेको हो । चौतारीले महासंघको गेटमा ‘बदनियतपूर्ण ढंगले प्रदेश समितिमा पठाएको सूचि खारेज गर, क्रियाशील पत्रकारलाई सदस्यता दे’ लेखेको कालो ब्यानर टाँसेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाबाट सिफारिस भई बागमती प्रदेश समितिबाट असार २१ गते चितवन शाखाको सदस्यहरको नविकरण र नय...

 ज्ञानदर्शन स्कूलको उत्कृष्ट नतिजा,नमनबाबु चापागाईँले ल्याए ४ जीपीए

 ज्ञानदर्शन स्कूलको उत्कृष्ट नतिजा,नमनबाबु चापागाईँले ल्याए ४ जीपीए
भरतपुर । चितवनको भरतपुरमा रहेको ज्ञानदर्शन इङ्लिस स्कूलले एसईईको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । स्कूलका विद्यार्थी नमनबाबु चापागाईँले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् । ३२ जना विद्यार्थी एसर्ईई परीक्षामा सहभागि भएकोमा ३।६ देखि ४ जीपीए ल्याउने ११ जना रहेको कलेजका प्रधानाध्यापक मनिस घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ११ जना,२.८ देखि ३.२ जीपीए ल्याउने ९ जना र २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने १ जना विद्यार्थी रहेका छन् । विद्यार्थ...

नारायणी इङ्लिस पब्लिक स्कुलको नतिजा चितवनकै उत्कृष्ट ,पौडेल र सुयालले लिए ४ जिपीए

नारायणी इङ्लिस पब्लिक स्कुलको नतिजा चितवनकै उत्कृष्ट ,पौडेल र सुयालले लिए ४ जिपीए
चितवन । चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका छन् । चितवन जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीहरु ६ जना रहेकोमा नारायणी पब्लिकका मात्रै २ विद्यार्थीहरुले ४ जिपीए ल्याएका छन् । चितवन जिल्लामै सर्बोत्कृष्ट नतिजा नारायणी पब्लीकको रहेको विद्यालयले जनाएको छ । नारायणी इङ्लिस पब्लिक स्क...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
चितवन । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले बताए । उनले भने, ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि बिहानै नतिजा सार्वजनिक हुन्छ ।’ यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।

चितवनको मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो

चितवनको मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो
चितवन । चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ। बाघले भरतपुर–२७ बुद्धनगर गाउँमा गएराति पसेर भैंसीलाई आक्रमण गरेको थियो। उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिएका हो। बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ । घण्टौंसम्म बस्ती नजिकैको जंगलमा रुँगिराखेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।नियन्त्रणमा ...

युके पढ्न जान चाहानेका लागि आज नारायणगढमा युनिभर्सिटी फेयर हुने

युके पढ्न जान चाहानेका लागि आज नारायणगढमा युनिभर्सिटी फेयर हुने
चितवन । चितवनको नारायणगढमा रहेको एस।आई युके कन्सलटेन्सीले आज युनिभर्सिटी फेयरको आयोजना गरेको छ । आज कन्सलटेन्सीको कार्यालयमा हुने फेयरको तयारी पुरा भएको प्रमुख शिशिर रेग्मीले बताए । युके अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर युनिभर्सिटी फेयर आयोजना गरिएको रेग्मीले जानकारी दिए । फेयर विद्यार्थीहरुलाई युकेका उत्कृष्ट १२ भन्दा बढि युनिभर्सिटीसंग विभिन्न विषयमा अन्तरक्रिया गराइनेछ । पहिलोपटक युकेलाई नै केन्द्रित गरेर आयोजना हुन लागेको फेयर नारायणगढको लायन्सचोक के...