चौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग
चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले भवन निर्माणका लागि रु। २५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
पौडेलले चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा पौडेलले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशमै पहिलो भवनका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो “पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ...



