चितवन । चितवनको भरतपुरमा रहेको लक्ष्मी माध्यामिक विद्यालयले विभिन्न संकायमा भर्ना आह्वान गरेको छ । भरतपुर महानगरपालिका वडा नं। ४ मा अवस्थित सो विद्यालयले विभिन्न संकायमा भर्ना खुल्ला गरेको हो । विद्यालयले डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, ब्यवस्थापन र शिक्षासास्त्र संकायमा भर्ना खुल्ला गरेको विद्यालयका प्राचार्य रेशमबाबु ढकालले जानकारी दिनुभयो ।
डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ सीटीइभीटीबाट मान्यताप्राप्त तीनवर्षे शैक्षिक कार्यक्रम हो ।प्राचार्य ढकालका अनुसारका डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङमा विद्यालयले ४८ जना विद्यार्थीहरु भर्ना लिने जनाएकाे छ । त्यसैगरी कक्षाा ११ मा ब्यवस्थापन र शिक्षासास्त्र संकायमा पनि भर्ना सुरु गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयबाट १०५ जनाले एसइइ दिएकोमा सबै उतीर्ण भएका छन् ।३.६ देखि ४ जीपीए ल्याउने २ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १० जना २.८ देखि ३.२ जीपीए ल्याउने ९ जना, २.४ देखि २.८ जीपीए ल्याउने १३ जना २.० देखि २.४ ल्याउने ३४ जना र १.६ देखि २.३ जीपीए ल्याउने ३७ जना रहेको विद्यालयका कम्प्युटर विषयका शिक्षक सुजन पौडेलले बताउनुभयो ।




उज्यालो खबर




