सौराहामा हुन लागेको चितवन हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान
चितवन- चितवनको सौराहामा हुन लागेको हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान गरिएको छ । पशु अधिकारकर्मी तथा यससम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाहरुले आज सयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान गरेका हुन् । पशु अधिकार कर्मीले विज्ञप्ती मार्फत हानिकारक पदार्थहरुको प्रयोग, प्राकृतिक स्वरुपको सम्मान र हात्ती फुटबल तथा पेनाल्टी तत्काल बन्द गर्न माग गरेका छन् ।
सयुक्त विज्ञप्ती जारी गर्दै २७ वटा संघसंस्थाले हात्ती मनोरञ्जनका लागि नभई उनीहरुक...


