पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा सापकोटा
चितवन । पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा पत्रकार होमनाथ सापकोटा चयन भएका छन् । सोमबार सम्पन्न मञ्चको विशेष अधिवेशनले आगामी कार्यकालको लागि सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा महेश पाण्डे, सहसचिवमा निरुता विक र संजय चौधरी, कोषाध्यक्षमा रामेश्वर रिजाल र सदस्यहरुमा सन्तोष बस्ताकोटी, सागर ढुंगाना, राजनदिल गुरुङ, गोपाल विश्वकर्मा, तिलक थापा, सुमन पौडेल चयन भएका छन् ।अग्रज पत्रकार केशव भट्टराई संयोजक, कविकिरण न्यौपाने, व...


