चौतारी चितवनको भवन निर्माणका लागि उद्योग बाणिज्य संघ चितवनद्धारा १ लाख सहयोग
चितवन ।श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनले १ लाख सहयोग गरेको छ ।उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि १ लाखको चेक वुधबार दिउँसो हस्तान्तरण गरेका हुन् । पत्रकारहरुको भवनका लागि संघका तर्फबाट संस्थागत सहयोग गरिएको भन्दै अध्यक्ष श्रेष्ठले चितवनको पत्रकारिता क्षेत्रको विकासमा भवनले अझैं ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
...


