भरतपुर । चितवनको भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।सोमबार दिउसो भरतपुर महानगरपालिका वडा नम्वर ४ यज्ञपुरीमा पिपलचोकदेखि रामपुरतर्फ गइरहेको बा।०६–००२ प २०७३ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा १९ च ३४६४ नम्बरको बोलेरो गाडीले ठक्कर दिँद मोटरसाइकल चालक भरतपुर १२ गोन्द्राङका २१ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ३ः२९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार सोही ठाउँका नवराज केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



उज्यालो खबर




