×

चितवन ।श्रमजीवि पत्रकारहरूको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका छन् ।उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भवनका लागि ५० हजार ५ सय, यस्तैं, प्रथम उपाध्यक्ष चिरञ्जीवि सुवेदीले २५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका हुन् ।

उपाध्यक्षद्धयले चौतारीको भरतपुर ११ बसेनीमा रहेको भवन निर्माण स्थलमा नै पुगेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा संघका अर्का उपाध्यक्ष राजेन्द्र ओलीले ३० हजार बरावरको प्लाष्ट्रिकका कुर्सी चौतारीलाई प्रदान गर्ने घोषणा गरेका छन् । संघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पत्रकारहरुको संगठनको निर्माण भैरहेको भवनले आफूहरुलाई खुसी मिलेको भन्दैं आगामी दिनमा निरन्तर सहकार्य जारी रहने बताए ।

उनले पहिल्यैदेखि नै भवनका लागि सहयोग गर्ने चाहाना राखेको बताउँदै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पत्रकार आवद्ध संघसंस्थाहरुलाई संस्थागत र व्यक्तिगत रुपमा विगतदेखि नै सहयोग गर्दै आएको बताए । चौतारीको भवन निर्माणले संगठनको संस्थागत विकासमा सहयोग पुग्ने बताए । अर्का प्रथम उपाध्यक्ष सुवेदीले प्रेस चौतारीले देशकै पहिलो भवन बनाउन लागेकोमा आफूलाई खुसी लागेको बताए । सहयोग गर्ने मनाशय र भवन निर्माणको शुभेच्छा सधैं राखिरहेको भन्दैं उपाध्यक्ष सुवेदीले उद्योग बाणिज्य संघ चितवन र जिल्लाका पत्रकारहरुको बीचमा सौर्हादता सधैं रहँदै आएको बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले उद्योग बाणिज्य संघबाट संस्थागत र पदाधिकारीहरुबाट ब्यक्तिगत रुपमा मिलेको सहयोगले चौतारी परिवार खुसी भएको भन्दैं आफूहरुलाई साथ दिएकोमा धन्यवाद ब्यक्त गरे । उनले विभिन्न क्षेत्र तथा ब्यक्तिहरुबाट मिलेको सहयोगले भवन निर्माणमा ठूलो टेवा पुगेको महसुस गरेको भन्दैं भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए ।

सो अवसरमा पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल, प्रेस चौतारी केन्द्रीय निर्वाचन कमिटीका उपाध्यक्ष नवराज ढकाल, प्रदेश कमिटीका सचिवालय सदस्य गोविन्द घिमिरे, प्रदेश कमिटी सदस्य लक्ष्मण गौतम लगायतको उपस्थिती रहेको थियो ।उद्योग बाणिज्य संघ चितवनले बुधवार प्रेस चौतारीको भवन निर्माणका लागि १ लाख सहयोग गरेको थियो ।

भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरू रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया