×

आर्थिक

सेयर बजार लगातार चौथो दिन पनि वृद्धि

सेयर बजार लगातार चौथो  दिन पनि वृद्धि
काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि बढेको हो ।बुधबार नेप्से ११.१७ अंकले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । ३० असारमा २०८४.९३ को विन्दुमा बन्द भएको नेप्से त्यसपछिको चार दिनमा ८०.३२ अंकले बढेको हो । बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको छ ।होट...

११ महीनामा वाणिज्य बैंकहरूले कमाए ६७ अर्बभन्दा बढी नाफा, सबैभन्दा बढी नबिलको

११ महीनामा वाणिज्य बैंकहरूले कमाए ६७ अर्बभन्दा बढी नाफा, सबैभन्दा बढी नबिलको
काठमाडौं । गत आर्थिक वर्षको ११ महीनामा वाणिज्य बैंकहरूले कुल रू.६७ अर्बभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार गत आवको साउनदेखि जेठसम्ममा २१ वाणिज्य बैंकले कुल रू। ६७ अर्ब २३ करोड नाफा कमाएका हुन् । सर्वाधिक नाफा कमाउनेमा नबिल बैक छ । नबिलले ११ महीनामा रू. ७ अर्ब ११ करोड नाफा कमाएको छ । यो सूचीमा दोस्रोमा ग्लोबल आइएमई बैंक छ । ग्लोबलले रू. ६ अर्ब ५० करोडभन्दा बढी नाफा कमाएको हो । यसैगरी राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक र ...

आन्तरिक राजस्व कार्यालय नवलपुरद्धारा २६ अर्ब राजश्व संकलन

आन्तरिक राजस्व कार्यालय नवलपुरद्धारा २६ अर्ब राजश्व संकलन
नवलपुर । । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा रु. २६ अर्ब भन्दा धेरै राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीले आर्थिक वर्ष २०७९/०८० मा रु. २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजश्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताउनुभयो । कार्यालयले सबैभन्दा धेरै अन्तशुल्क तर्फ रु. २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजश्व संकलन गरेको छ । आयकर तर्फ रु. ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु. ३८ करोड २५ लाख ६५ हजार , व्याज रु. ६ करोड १३ लाख ७३ हजा...

किसान बचतद्धारा एटीएम सेवाको शुभारम्भ

किसान बचतद्धारा एटीएम सेवाको शुभारम्भ
गैँडाकोट । नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋणसहकारी संस्थाले शुक्रबारदेखि एटीएम सेवा संचालनमा ल्याएको छ ।संस्थाको प्रधान कार्यालय गैँडाकोट ८ नगरपालिका कार्यालय आगाडी आएको एटीएम सेवाको शुक्रबार एक कार्यक्रमका बीच किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसे र गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । सो अवसरमा किसान सहकारीका अध्यक्ष श्रीहरि चालिसेले सहकारीे पछिल्लो समय आधुनिक बन्ने ...

आज बकर इद, सार्वजनिक बिदा

आज बकर इद, सार्वजनिक बिदा
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुप...

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने
काठमाडौ । एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए।‘पक्षमा भोट हाल्ने निर्णय भएको छ,’ उनले भने। बजेटमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पाएकाले पक्षमा मतदान गर्ने निर्णय गरिएको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।‘आज बिहान पनि प्रधानमन्त्रीसँग कुराकानी भयो। बजेटका कमीकमजोरी सुधार गर्...

शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ
काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनै...

गैँडाकोटको उदाहरणीय दुग्ध सहकारी : आफ्नै दाना उद्योग, वार्षिक ४० करोडको दूध कारोबार

गैँडाकोटको उदाहरणीय दुग्ध सहकारी : आफ्नै दाना उद्योग, वार्षिक ४० करोडको दूध कारोबार
गैँडाकाेट। विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएसएलआईपी)अन्तर्गत सञ्चालित उपआयोजना सञ्चालन गरिरहेको एक सहकारी उदाहरणीय बनेको छ । आयोजनाको गण्डकी कलस्टरअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा मुकुन्द सेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उपआयोजना हो, मुकुन्दसेन दाना उद्योग । यो उपआयोजनाले हाल दैनिक १२ टन दाना उत्पादन गरिरहेको छ । दैनिक २४ टन दाना उत्पादन क्षमता भएको उद्योगले दैनिक १२ टन दाना उत्पादन गरिरहे...

कामना सेवा विकास बैँकद्वारा भरतपुरको खद्रौलीका विद्यार्थीलाई पोशाक बितरण

कामना सेवा विकास बैँकद्वारा भरतपुरको खद्रौलीका विद्यार्थीलाई पोशाक बितरण
चितवन–भरतपुर महानगरपालिका–२६ स्थित श्रीराष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ ।कामना सेवा विकास बैँक ज्योतिनगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सो सहयोग गरेको हो ।कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, बैँकका कर्मचारीहरु, अभिभावकहरु तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । बैँकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत निरन्तररुपमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको कुरा ...