मुग्लिन–नारायणगढको विकल्प त्रिशूलीपारिको सडक: बजेट नहुँदा कार्यान्वयनबाट पछि हट्यो भौतिक मन्त्रालय
काठमाडौं। मुग्लिन–नारायणगढ खण्डको विकल्पमा निर्माण गरिने त्रिशूलीपारिको सडक योजनाको कार्यान्वयनबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पछि हटेको छ । वर्षेनि वर्षायाममा पहिरोका कारण यो खण्डमा निकै सास्ती भएपछि मन्त्रालयले त्रिशूलीपारिको सडक प्रयोग गर्न सकिने गरी अघि बढाएको उक्त योजना बजेट अभावले रोकिएको हो ।
यो सडक योजनाका लागि मुआब्जा र निर्माणमा उस्तै–उस्तै लगानी आवश्यक पर्छ । मुआब्जा वितरणमै अधिक रकम खर्चिनुपर्ने भएपछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भौतिक पूर्...


