×

आर्थिक

सुनको मूल्य प्रतितोला १ लाख १३ हजार

सुनको मूल्य प्रतितोला १ लाख १३ हजार
काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ ।आइतबार प्रतितोला रू एक लाख १२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ ।यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

तातोपानी नाका आजबाट खुल्ने

तातोपानी नाका आजबाट खुल्ने
काठमाडौँ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

अर्थतन्त्र चलायमान बनाउनुपर्ने मागसहित चितवनका सीडीओ मार्फत् अर्थमन्त्रीलाई ज्ञापनपत्र

अर्थतन्त्र चलायमान बनाउनुपर्ने मागसहित चितवनका सीडीओ मार्फत् अर्थमन्त्रीलाई ज्ञापनपत्र
चितवन–नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका मागसहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ ।नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले विभिन्न माग सहितको ज्ञापनपत्र चितवनका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन पु...

गैडाकोटको किसान साकोसको संस्थागत पूँजी १९ करोड

गैडाकोटको  किसान साकोसको संस्थागत पूँजी १९ करोड
गैडाकोट । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले साउनमसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा संस्थागत पूजी १९ करोड १५ लाख ३४ हजार २५३ रुपैयाँ रहेको छ । यसैगरी असारमसान्तमा २२.६६ प्रतिशत रहेको तरलता वृद्धि भई २३.१२ प्रतिशत अर्थात ६४ करोड २७ लाख ८९ हजार ७३७ रुपैयाँ तरलता रहेको किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो । त्यसैगरी संस्थामा ३३ करोड ५० लाख ५९ हजार ८०० रुपैयाँ शेयर पूँजी,...

चितवनमा स्वाईनफ्लुबाट बंगुरपालन किसानको एक वर्षमा सात करोडको क्षति

चितवनमा स्वाईनफ्लुबाट बंगुरपालन किसानको एक वर्षमा सात करोडको क्षति
चितवन । चितवनमा गत आर्थिक बर्ष ०७८, ०७९ मा स्वाईनफ्लु रोगबाट चितवनका बंगुरपालन किसानको झण्डै सात करोडको क्षति भएको छ ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनको तथ्याङ्कअनुसार ११ वटा फार्मका ३ हजार ३१२ बंगुर मर्दा ६ करोड ९७ लाख ६९ हजार रूपैयाँबराबरको क्षति भएको हो । पशु चिकित्सक डा। रामचन्द्र आचार्यले गतबर्ष चितवनका बंगुरपालन किसानले स्वाईनफ्लु संक्रमणबाट ठूलो क्षति बेहोर्नु परेको बताए । स्वाईनफ्लुको प्रकोपबाट बंगुर मर्न थालेपछि ती खोरमा तत्कालै नयांँ पाठा राख्न न...

अधिकांश बाणिज्य बैंकहरुले बढाए ब्याजदर

अधिकांश बाणिज्य बैंकहरुले बढाए ब्याजदर
काठमाडौं । बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर बढेको छ । १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्य...

गालिएको तस्करीको सुन ६० केजी मात्रै

गालिएको तस्करीको सुन ६० केजी मात्रै
काठमाडौँ । तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सार महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार ब्रेक सुबाट सुन छुट्याएर गालेपछि ६० केजी भएको थियो ।गालेपछि सुनको मात्रा अझै घट्नस...

एक अर्कालाई विश्वास गर्दै निगरानी गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

एक अर्कालाई विश्वास गर्दै निगरानी गर्न  भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् ।भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले भने, ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’ उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृ...

अरुण काबेली पावरको राइट सेयर कहिलेबाट भर्न पाईन्छ ?

अरुण काबेली पावरको राइट सेयर कहिलेबाट भर्न पाईन्छ ?
काठमाण्डौ । अरुण काबेली पावरले हकप्रद सेयर निष्कासनको मिति सच्चाएको छ।कम्पनीले आज एक सूचना प्रकाशित गरी आउँदो भदौ ११ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर बिक्री खुला गरिनेछ। यो हकप्रदको निष्कासन बन्द भने भदौ ३१ गते बैंकिङपछि हुने कम्पनीले जनाएको छ। कम्पनीले हिजो सूचना प्रकाशित गरी हकप्रद सेयर आउँदो भदौ ८ गतेदेखि निष्कासन हुने र भदौ २८ गते बैंकिङ समयपछि बन्द हुने जानकारी गराइएको थियो।कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१...