×

गैडाकोट । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले साउनमसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा संस्थागत पूजी १९ करोड १५ लाख ३४ हजार २५३ रुपैयाँ रहेको छ । यसैगरी असारमसान्तमा २२.६६ प्रतिशत रहेको तरलता वृद्धि भई २३.१२ प्रतिशत अर्थात ६४ करोड २७ लाख ८९ हजार ७३७ रुपैयाँ तरलता रहेको किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।

त्यसैगरी संस्थामा ३३ करोड ५० लाख ५९ हजार ८०० रुपैयाँ शेयर पूँजी, २ अर्व ७७ करोड ९६ लाख ६४ हजार १४७ रुपैया बचत रहेको जनाएको छ । संस्थामा १७ करोड ३९ लाख १५ हजार ७८७ रुपैया जगेडा कोष तथा १० करोड ६५ लाख १२ हजार ६३ रुपैयाँ अन्य कोष रहेको छ ।

संस्थाको २ अर्व ४४ करोड २७ लाख ४२ हजार ७७९ रुपैया लगानी रहेको जनाएको छ । संस्थामा ३ अर्व ५४ करोड ३९ लाख ३ हजार ५६७ रुपैयाँ कूल सम्पति रहेको जनाइएको छ । संस्थाका ८६ हजार ९५ जना सदस्य मध्ये १२ हजार २५३ जना ऋणी सदस्य रहेका छन् । संस्थाले २५ वटा संस्थासंग एकिकरण गरिसकेको छ भने संस्थाले सदस्यलाई मोवाइल बैंकिङ तथा एटिएम सेवा पनि दिएको छ ।

तपाईको प्रतिक्रिया