निजी क्षेत्रलाई पेलिरहे अर्थतन्त्र गम्भीर संकटमा पर्छ : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गरेका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।आज काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्रमा झन् संकटमा जाने चेतावनी दिए ।
‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही...


