
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । गत सातादेखि ओरालो यात्रा तय गरेको सुन आज पनि भारी गिरावट आएको हो ।मंगलबार सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य एक लाख छ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख छ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, सोमबार प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा ३० रुपैयाँले घटेर एक हजार ३१० रुपैयाँ पुगेको छ ।