भरिभराउ भए सौराहाका होटल
भरतपुर । दसैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्।दसैंअघि सुनसान रहेका होटलदसैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्। सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्।दसैं सुरू भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरू भएसँगै पुनः आशावादी भएको बताए। दसैंअघि सौराहा सुनसान...


